site stats
बाह्रखरी :: Baahrakhari
देश
काठमाडौंमा माइक्रो र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंमा माइक्रो र स्कुटर ठोक्किँदा एकजनाको मृत्यु भएको छ । टोखा नगरपालिका–६ ग्राण्डीस्थित सडक खण्डमा स्कुटर र इभी माइक्रो ठोक्किँदा सर्लाही हरिवन नगरपालिका–१ का स्कुटर चालक सोनाम योन्जनको मृत्यु भएको हो । 

घाइते भएका उनको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएको प्रहरी वृत्त महाराजगञ्जले जनाएको छ । 

मंगलरबार दिउँसो सवा ३ बजे बा.प्र ०१–००२ ज ७३७८ नम्बरको ईभी माइक्रो र बा.प्र. ०२–०४४ प ६४०५ नं को स्कुटर आपसमा ठोक्किँदा उक्त हताहत भएको प्रहरीले बताएको छ । 

माइक्रो चालक सुरेन शिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । 
 

प्रकाशित मिति: बुधबार, असार २५, २०८२  ०७:००
प्रतिक्रिया दिनुहोस्