काठमाडौं । स्पेनिस क्लब रियाल मड्रिडमाथि फराकिलो जित निकाल्दै जर्मन क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) फिफा क्लब विश्वकपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा ४–० को सानदार जित निकाल्दै पीएसजी फाइनलमा पुगेको हो ।
खेलको छैटौँ मिनेटमा फाबियन रुइजले गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए । नवौँ मिनेटमा उस्माने डेम्बेलेले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए । २४औँ मिनेटमा पीएसजीका फाबियन रुइजले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता ३–० को अवस्थामा पुर्याएका थिए ।
पीएसजी पहिलो हाफमा ३–० ले अघि रह्यो । दोस्रो हाफमा एक गोल थप्यो । ८८औँ मिनेटमा बार्डली बार्कोलाको पासमा गोनकालो रामोसले गोल गर्दै पीएसजीलाई ४–० को सानदार जित दिलाए ।
पीएसजीले अब उपाधिका निम्ति आउँदो आइतबार चेल्सीसँग प्रतिस्पर्धा गर्नेछ ।