काठमाडौं । प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले विश्वविद्यालयलाई २१औँ शताब्दीको समय सुहाउँदो प्रतिस्पर्धी र सक्षम विश्वविद्यालयका रूपमा स्थापित गर्न आग्रह गरेका छन् ।
त्रिभुवन विश्वविद्यालयको वार्षिक साधारणसभा बैठकमा उनले समय सुहाउँदो र सक्षम जनशक्ति उत्पादनमा जोड दिए ।
सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुुजी पन्तले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय संकल्प पूरा गर्न शिक्षा क्षेत्रको महत्वपूर्ण भूमिका हुने भएकाले विश्वविद्यालयले त्यस अनुसार काम गर्नुपर्नेमा जोड दिए ।
साधारणसभाले विभिन्न संकाय र तहमा उत्तीर्ण ८९ हजार १९१ विद्यार्थीको ६३औँ ग्रेसलिष्ट पारित गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा बिहीबार बसेको बैठकमा रजिष्ट्रार प्रा.डा. केदारप्रसाद रिजालद्वारा प्रस्तुत ग्रेस लिष्ट पारित भएको हो ।
बैठकमा आर्थिक वर्ष २०८२–०८३ का लागि बजेट तथा कार्यक्रम प्रस्तुत भएको छ ।
नवनियुक्त उपकुलपति प्रा.डा. दीपक अर्यालले विश्वविद्यालयमा कुल विद्यार्थीको कम्तीमा एक प्रतिशत विदेशी विद्यार्थी हुनेगरी लाग्नुपर्ने धारणा राखे ।