काठमाडौं । एन्फा यू–१६ युथ लिगमा मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबले अंक बाँडेका छन् । बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा मनाङ र मछिन्द्रले १–१ को बराबरी खेल्दै अंक बाँडेका हुन् । यो लिगको पहिलो बराबरी हो ।
खेलमा मछिन्द्रले पहिलो हाफमा अग्रता बनाए थियो । मनाङले दोस्रो हाफमा मछिन्द्रबाट एक आत्मघाती गोल उपहार पाएपछि बराबरी गरेको हो ।
खेलको तेस्रो मिनेटमा करन धामीले मछिन्द्रलाई अग्रता दिलाए । तर, ७१औँ मिनेटमा मछिन्द्रकै खेलाडीबाट आत्मघाती गोल भएपछि मनाङ खेलमा फर्कियो । मछिन्द्रका पदम आले मगरबाट आत्मघाती गोल भएको थियो ।
त्यसअघि, मछिन्द्रले खेलमा एक पेनाल्टी अवसर पाए पनि सदुपयोग गर्न सकेन । टोलीका सुमनबहादुर ठकुरी पेनाल्टी अवसरलाई गोलमा परिणत गर्नबाट चुकेका थिए ।
मनाङले अब चौथो खेलमा चर्च ब्वाइज युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । खेल आगामी सोमबार (असार ३० गते) बिहान १० बजे हुने तालिका छ ।
मछिन्द्रसँगेले चौथो खेलमा सातदोबाटो युथको सामना गर्नेछ । खेल आगामी आइतबार (असार २९ गते) दिउँसो १ बजे हुने तालिका छ ।