site stats
बाह्रखरी :: Baahrakhari
देश
मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु, दुई घाइते
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । चितवनमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मोटरसाइकल चालकसहित दुईजना घाइते छन् ।

गए राति (असार २६) करिब ९ः४० बजे राप्ती नगरपालिका–२, गढ्यौलीमा ना६४प २९४२ नम्बरको मोटरसाइकले पछाडिबाट साइकललाई ठक्कर दिएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

ठक्करबाट राप्ती–२, कुपनटोलका १५ वर्षीय सोहन तामाङको मृत्यु भएको हो । उनी साइकलमा पछाडि सवार थिए । उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा साइकल चालक कुपनटोलकै १५ वर्षीय रविन सुनार घाइते छन् । मोटरसाइकल चालक राप्ती–१ का ३० वर्षी सुदीप लामिछाने पनि घाइते छन् । सोही अस्पतालमा उनीहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुवै सवारीसाधन इलाका प्रहरी कार्यालय भण्डाराको नियन्त्रणमा छ ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  ११:१५
प्रतिक्रिया दिनुहोस्