site stats
बाह्रखरी :: Baahrakhari
देश
विराटनगरमा ३०० जनाले लगाए कोरोनाविरुद्धको खोप

विराटनगर । विराटनगर महानगरपालिकाले कोरोनाविरुद्ध सञ्चालन गरेको खोप अभियानमा ३०० जनाले खोप लगाएका छन् । पहिले दुई दिनका लागि म्याद राखिएको थियो । तर, स्वास्थ्य महाशाखाले शुक्रबार (आज) पनि स्वास्थ्य संस्थामा गई लगाउन मिल्ने जनाएको छ ।

केही दिनअघि विराटनगरमा पाँच जनामा कोरोनाको नयाँ भेरियन्ट संक्रमण पुष्टि भएको थियो । संक्रमण थप बढ्न नदिन र  जटिल अवस्था हुन सक्नेलाई लक्षित गरी फाइजर खोपको एक डोज दिन थालिएको स्वास्थ्य महाशाखा प्रमुख डा. दिलीप यादवले बताए ।

महानगरले पहिलो चरणमा ५५ वर्षमाथिका नागरिक तथा जोखिममा रहेका व्यक्तिहरूलाई खोप लगाएको छ । महानगरमा पहिलो चरणमा तीनहजार जनालाई खोप लगाइनेछ ।

‘‘विश्वमै सबैभन्दा बढी प्रभावकारी पनि मानिएको फाइज खोप लगाइरहेका छौँ,’’ यादवले भने ।

विराटनगरका सबै १९ वटै वडामा खोप लगाउने प्रबन्ध गरिएको उनले बताए । 

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १२:५४
प्रतिक्रिया दिनुहोस्