देश
काठमाडौं । प्रहरीले लागुऔषध कोकिनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोको टोलीले अजरबैजानबाट काठमाडौं आएका मुम्बइका ४९ वर्षीय अवदोषसमाद जमल मन्सुरीलाई पक्राउ गरेको हो । उनी कतार एयरलाइन्समा आएका थिए ।
बुधबार पक्राउ परेका मन्सुरीको साथबाट तीन किलो कोकिन बरामद गरिएको ब्युरोले जनाएको छ ।
उनीविरुद्ध लागुऔषध कारोबारबारे अनुसन्धान थालिएको ब्युरोका एसपी जनकबहादुर शाहीले जानकारी दिए ।
प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२ १४:२०
प्रतिक्रिया दिनुहोस्