site stats
बाह्रखरी :: Baahrakhari
खेल
राष्ट्रिय यू–१६ क्रिकेट खेलाडी सुशील गरे आर्थिक सहयोगको अपिल

काठमाडौं । नेपाली राष्ट्रिय यू–१६ क्रिकेट खेलाडी सुशील रावलले आर्थिक सहयोगका निम्ति अपिल गरेका छन् । शुक्रबार रावलले सामाजिक सञ्जालबाट आफूलाई अहिले आर्थिक सहयोगको आवश्यकता रहेको बताएका हुन् ।

उनले आगामी यू–१९ राष्ट्रिय टोलीको छनोटको निम्ति भारतमा प्रशिक्षण गर्न पैसा चाहिने बताएका छन् । 

“अहिले मलाई सम्मानको रूपमा खादा र प्रमाणपत्रभन्दा पनि आर्थिक सहयोगको एकदमै जरुरी परेको छ । २/३ महिनामा यू–१९ राष्ट्रिय टोलीको छनोट हुँदै छ । त्यसका लागि तालिम गर्न भारत जानुपर्ने भएको छ । करिब एक लाख खर्च लाग्दै छ," उनले फेसबुकमा लेखेका छन् ।

उनले आफ्नो आर्थिक अवस्था कमजोर रहेकाले सहयोग चाहिएको बताएका छन् । “आर्थिक अवस्था कमजोर छ भनेर भन्दा मलाई गाह्रो छैन । त्यही भएर मलाई सम्मानको खादा माला र प्रमाणपत्रभन्दा आर्थिक कुरालाई महत्त्व दिइदिनुहोला,” उनले अगाडि भनेका छन् ।

सुशीलले गत महिना मलेसियामा सम्पन्न एसीसी इस्ट जोन कपको उपाधि नेपालले उचाल्दा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १५:३९
प्रतिक्रिया दिनुहोस्