site stats
बाह्रखरी :: Baahrakhari
खेल
साफ यू–१७ महिला च्याम्पियनसिप : असार २९ देखि जिल्लास्तरीय छनोट

काठमाडौं । नेपालले भुटानमा आयोजना हुने साफ यू–१७ महिला च्याम्पियनसिप खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार उक्त प्रतियोगितामा नेपालको सहभागिता रहने जनाउँदै छनोट सुरु हुने जानकारी सार्वजनिक गरेको हो । 

साफ यू–१७ महिला च्याम्पियनसिप आगामी भदौ ४ देखि १५ गतेसम्म आयोजना हुनेछ । 

एन्फाका अनुसार, छनोट जिल्ला, प्रदेश हुँदै केन्द्रीय संरचनामा गरिनेछ । एन्फाले जिल्लास्तरीय छनोट असार २९ र ३० गते, प्रदेशस्तरीय छनोट असार ३१ र साउन १ गते र केन्द्रीयस्तरीय छनोट साउन ४, ५ र ६ गते हुने जनाएको छ । 

नेपाल च्याम्पियनसिपको पछिल्लो संस्करणमा चौथो भएको थियो । यसपटकको संस्करण प्रतियोगिताको दोस्रो संस्करण हो । पहिलो संस्करण बंगलादेशमा सन् २०२३ मा भएको थियो ।  

PR-1752236546.jpg
 

  

 

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  १८:०९
प्रतिक्रिया दिनुहोस्