site stats
बाह्रखरी :: Baahrakhari
देश
भारतले धौलीगंगा बाँध खोल्दै, सतर्कता अपनाउन आग्रह
फाइल तस्बिर ।

काठमाडौं । भारतस्थित धौलीगंगा जलविद्युत् परियोजनाको बाँध शुक्रबार राति खोलिने भएको छ । एनएचपीसी लिमिटेडले जिल्ला प्रशासन कार्यालय बैतडीलाई पठाएको पत्रअनुसार शुक्रबार राति १२ बजेदेखि शनिबार अपराह्न १२ बजेसम्म बाँध खोलिने जनाएकाे छ ।

सिल्ट सरसफाइ कार्यको लागि बाँध खोलिन लागेको हो । सो समयमा महाकाली नदीमा उच्च बहाव हुनसक्ने देखिएकोले प्रशासनले महाकाली नदीको आसपासमा रहने सबैलाई सुरक्षित स्थानमा बस्न र पूर्वसतर्कता अपनाउन अनुरोध गरेको छ । 

“...११ जुलाई २०२५ को राति १२ः०० बजेदेखि १२ जुलाई २०२५ को अपराह्न १२ः०० बजेसम्म बाँध खोल्ने गरी सूचना जारी भएको सन्दर्भमा तोकिएको समय र सो आसपासको समयमा समेत महाकाली नदीमा उच्च बहाव हुनसक्ने देखिएकोले व्याँस गाउँपालिका सुन्सेरा आसपासदेखि दुहुँ गा.पा., महाकाली न.पा., मालीकार्जुन गा.पा., लेकम गाउँपालिकाको महाकाली नदीको आसपासमा बसोबास गर्ने/नदी नजिकमा कामको सन्दर्भमा वा अन्य कारणले जाने कार्य नगर्नु/नगराउनु, महाकाली नदीको आसपासमा रहने सबैमा सुरक्षित स्थानमा बस्न र पूर्वसतर्कता अपनाउन हुन सबै नागरिकहरूमा जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ," दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जारी गरेको सूचनामा उल्लेख छ ।

_mage_030-1752256298.jpg
 

 

प्रकाशित मिति: शुक्रबार, असार २७, २०८२  २३:३७
प्रतिक्रिया दिनुहोस्