site stats
बाह्रखरी :: Baahrakhari
देश
यी जिल्लाका नदी र खोलामा छ बाढीको जोखिम
फाइल तस्बिर ।

काठमाडौं । देशका केही नदी तथा खोलामा आज बाढीको सम्भावना छ । सातवटै प्रदेशका केही जिल्लामा भारी वर्षाको सम्भावना रहेकाले बाढीको जोखिम रहेको हो । 

बारा, पर्सा, रौतहट, काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक र मकवानपुर भएर बग्ने नदी तथा खोलामा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  

काभ्रेपलान्चोक, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम) र आसपासका जिल्ला भएर बहने स–साना नदी तथा खोलाको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको विभागको भनाइ छ । 

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  ०९:००
प्रतिक्रिया दिनुहोस्