देश
बागलुङ । बागलुङको बुर्तिबाङ अस्पतालमा सुत्केरी हुन नसकेपछि दुई गर्भवतीको हवाई उद्धार गरिएको छ ।
ढोरपाटन नगरपालिका–८ की ३८ वर्षीया हुमी विक र ढोरपाटन–५ की २३ वर्षीया देवी सुनारलाई हवाई उद्धार गरेर काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालयका एसपी तिलक भारतीले जानकारी दिए ।
नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगेर उनीहरूलाई थापाथलीस्थित परोपकार प्रसूतिगृह तथा स्त्रीरोग अस्पतालमा भर्ना गरिएको छ । रासस
प्रकाशित मिति: शनिबार, असार २८, २०८२ १७:४४
प्रतिक्रिया दिनुहोस्