site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
एपेकको ‘भानु–भेला’मा सुनिए कविहरू

काठमाडौं । एपेक नेपालले आदिकवि भानुभक्त आचार्यको २१२औँ जन्मजयन्तीको अवसर पारेर विशेष कवितावाचन कार्यक्रमको आयोजन गर्दै ‘भानु–भेला’ सम्पन्न गरेको छ । 

शनिबार (असार २८) काठमाडौंमा आयोजित कार्यक्रममा साहित्यकार उषा शेरचनले आदिकवि भानुभक्तको सम्झनामा गरिएको काव्य गोष्ठीले सकारात्मक सन्देश प्रवाह गरेको उल्लेख गरिन् ।

आयोजक संस्था एपेक नेपालका अध्यक्ष कवि विश्वविमोहन श्रेष्ठले नेपाली भाषासाहित्य र आदिकवि आचार्यको स्मृतिमा केही शब्द खर्चिए ।

कार्यक्रममा कविहरू उषा शेरचन, युवराज अधिकारी, राजेन्द्र शलभ, मणि लोहनी, अनिता लामा, रीता खत्री, बिटु केसी, अलका मल्ल, बाबु त्रिपाठी, प्रज्वल अधिकारी, विश्व सिग्देल, दीप दर्पण, सुरेश नेपाल, मनोजादित्य न्यौपाने, त्रिभुवनचन्द्र वाग्ले, तुलसीहरि कोइराला, मुरारि सिग्देल, मीना श्रेष्ठ, उमा सुवेदी, सिर्जना दुवाल, विमला तुम्खेवाले कवितावाचन गरे ।

एपेकका संयोजक कवि शलभले संस्थाले गर्दै आएका काम र आउँदा दिनमा कविताका विषयमा गरिने कार्यबारे बताए । सोही अवसरमा कवि विश्वविमोहनको वाचनमा भिडियो कविता प्रस्तुत गरियो ।

प्रकाशित मिति: शनिबार, असार २८, २०८२  १८:१८
प्रतिक्रिया दिनुहोस्