site stats
बाह्रखरी :: Baahrakhari
देश
घुम्न गएका युवक मार्खु खोलामा अस्ताए
इन्द्रसरोवरमा जलविहारको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । मकवानपुरको मार्खु खोलामा पौडी खेल्ने क्रममा डुबेर एक युवकको मृत्यु भएको छ । बाराको कलैया उपमहानगरपालिका–१ का १८ वर्षीय प्रणय गुप्ताको मृत्यु भएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रणय इन्द्रसरोवर गाउँपालिका–१ स्थित मार्खु खोलामा पौडी खेल्ने क्रममा शनिबार (असार २८) दिउँसो बेपत्ता भएका थिए । शनिबारै साँझ उनको शव भेटिएको सशस्त्र प्रहरीका सहप्रवक्ता एवं डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रणयको शव सोही खोलास्थित झरनाको खोचमा फेला परेको उनले बताए ।

प्रणयसहितका व्यक्तिहरू घुम्नका निम्ति काठमाडौंबाट चार मोटरसाइलमा शनिबार बिहान त्यसतर्फ गएका सशस्त्र प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  ०७:१७
प्रतिक्रिया दिनुहोस्