site stats
बाह्रखरी :: Baahrakhari
खेल
बंगलादेशविरुद्ध खेल्ने नेपालको पहिलो रोजाइ सार्वजनिक, टिममा एक परिवर्तन

काठमाडौं । बंगलादेशमा जारी साफ यू–२० महिला च्याम्पियनसिपमा घरेलु टिमविरुद्ध खेल्ने नेपालको सुरुआती–११ सार्वजनिक भएको छ । नेपाली टिमका मुख्य प्रशिक्षक यम गुरुङले आइतबार बिर्सना चौधरीको कप्तानीमा बंगलादेशविरुद्ध खेल्ने आफ्नो पहिलो रोजाइ सार्वजनिक गरेका हुन् । 

बंगलादेशविरुद्ध नेपाली टिमको पहिलो रोजाइमा एक परिवर्तन भएको छ । यसअघि भुटानविरुद्ध सुरुआती–११ मै ओर्लिएकी फरवार्ड वर्षा ओलीको स्थानमा प्रशिक्षक गुरुङले मीना देउवालाई स्थान दिएका छन् । 

नेपाल आज लगातार दोस्रो जितको खोजीमा छ । नेपालले यसअघि प्रतियोगिताको पहिलो खेलमा भुटानविरुद्ध ६–१ को जित निकालेको थियो । चार टोली सहभागी यस प्रतियोगिता डबल राउन्ड रोबिनको आधारमा सञ्चालित छ । 

प्रतियोगितामा नेपाल, भुटान र बंगलादेशसँगै श्रीलंकाको पनि सहभागिता छ । यता, बंगलादेश पनि लगातार दोस्रो जितको लक्ष्यमा छ । बंगलादेशले यसअघि पहिलो खेलमा श्रीलंकाविरुद्ध ९–१ को जित निकालेको थियो । 

नेपालको पहिलो रोजाइ
बिर्सना चौधरी (कप्तान), पुनम राई, मीना देउवा, सुर्किया मिया, सुशिला केसी, सेनु परियार, गंगा रोकाया, सिम्रन राई, माया मास्के, अनिशा राई र सुजाता तामाङ (गोलकिपर)

Xi-1752408947.JPG
 

प्रकाशित मिति: आइतबार, असार २९, २०८२  १८:०१
प्रतिक्रिया दिनुहोस्