site stats
बाह्रखरी :: Baahrakhari
खेल
साविक विजेता चर्च ब्वाइजविरुद्ध मनाङको रोमाञ्चक जित

काठमाडौं । मनाङ–मर्स्याङ्दी क्लबले एन्फा यू–१६ युथ लिगमा साविक विजेता चर्च ब्वाइज युनाइटेडविरुद्ध रोमाञ्चक जित निकालेको छ । सोमबार (असार ३०) सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको पहिलो खेलमा मनाङले चर्च ब्वाइजलाई ४–३ ले हराएको हो ।

मनाङको जितमा राम आर्जेलले दुई गोल गरे । रोहन थापामगर र धरवीन्द्र बोहराले समान एक गोल गरे । चर्च ब्वाइजका सुशन थापा मगरले दुई र सुजित लामाले एक गोल फर्काए । 

खेलको छैटौँ मिनेटमा मनाङका रामले टोलीलाई अग्रता दिलाएका थिए । १७औँ मिनेटमा रोेहनले अग्रतालाई दोब्बर बनाए । २०औँ मिनेटमा चर्च ब्वाइजका सुशनले गोल गर्दै टोलीलाई २–१ को अवस्थामा ल्याए ।

२४औँ मिनेटमा रामले दाहोरो गोल गर्दै टोलीलाई ३–१ को अवस्थामा राखे । ३१औँ मिनेटमा सुशनले पुनः गोल गरेपछि चर्च ब्वाइज ३–२ को अवस्थामा फर्कियो । पहिलो हाफको इन्ज्युरी समयमा सुजितले गोल गर्दै टोलीलाई बराबरीमा ल्याए । ८४औँ मिनेटमा धरवीन्द्रले गोल गरेपछि मनाङले जित पक्का गरेको हो ।

जितसँगै मनाङले लिगमा १० अंक जोडेको छ । टोलीले यसअघि श्री भगवती क्लबविरुद्ध २–१, सातदोबाटो युथ क्लबलाई ६–० ले पराजित गरेको थियो ।

प्रकाशित मिति: सोमबार, असार ३०, २०८२  १३:४९
प्रतिक्रिया दिनुहोस्