site stats
बाह्रखरी :: Baahrakhari
खेल
श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपालको फराकिलो अग्रता

काठमाडौं । मीना देउवा र पूर्णिमा राईप्रेरित नेपालले साफ यू–२० महिला च्याम्पियनसिपको तेस्रो खेलमा श्रीलंकाविरुद्ध ५–० को अग्रता बनाएको छ । 

मंगलबार बंगलादेशको बसुन्धारा किंग्स एरिनाको प्रशिक्षण मैदानमा जारी खेलमा नेपालबाट मध्यान्तरसम्म मीना र पूर्णिमाले समान दुई गोल गरे । नेपालबाट अर्को एक गोल समीक्षा मगरले थपिन् । 

प्रतियोगिताको उपाधि सम्भावना कायम राख्न नेपाललाई प्रतियोगिताका सबै खेलमा जितको आवश्यकता छ । 

यसअघि दुई खेल खेलेको नेपाल तीन अंकसहित तालिकाको दोस्रो स्थानमा छ । 

नेपालले यसअघिका दुई खेलमध्ये एकमा जित र अर्कोमा हार बेहोरेको थियो ।

प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपालले भुटानविरुद्ध ६–१ को जित निकालेको थियो । तर, दोस्रो खेलमा बंगलादेशसँग ३–२ ले पराजित भयो ।

यता, श्रीलंकाले यसअघिका दुईमध्ये दुवै खेलमा हार बेहोरेको थियो । श्रीलंका पहिलो खेलमा बंगलादेशसँग ९–१ ले, दोस्रो खेलमा भुटानसँग ५–० ले पराजित भएको थियो ।

 

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  २१:२७
प्रतिक्रिया दिनुहोस्