site stats
बाह्रखरी :: Baahrakhari
देश
बीपी राजमार्गमा राति १२ घण्टा यातायात सञ्चालनमा रोक
फाइल तस्बिर ।

काठमाडौं । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा रातिको समयमा १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको छ । आगामी साउन १ गतेदेखि १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको हो । 

मंगलबार जिल्ला प्रशासन कार्यालय धुलिखेलमा सम्पन्न सुरक्षा समिति बैठकले उक्त सडकखण्डको काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको सिमाना नेपालथोकसम्म एक महिनाका लागि राति सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।  

कार्यालयले मनसुन सक्रिय रहेकाले सम्भावित विपद्जन्य घटना हुनसक्ने भन्दै जोखिम न्यूनीकरणका लागि उल्लेखित क्षेत्रमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म एक महिनाका लागि यातायात सञ्चालनमा रोक लगाएको जनाएको छ ।  

यसअघि यही असार ६ गते काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्ला सुरक्षा समिति, अन्तरजिल्ला समन्वय समितिको बैठकले बीपी राजमार्गमा सुरुमा असार ७ गतेदेखि साँझ ६ः३० बजेदेखि बिहान ६ बजेसम्म र पछि त्यसलाई असार मसान्तसम्म निरन्तरता दिँदै यातायात सञ्चालनमा रोक लगाएको थियो । 

940x380-सूचना_2082.3.31-1752595382.jpg
 

 

(((

 

प्रकाशित मिति: मंगलबार, असार ३१, २०८२  २१:४९
प्रतिक्रिया दिनुहोस्