देश
काठमाडौं । देशका अधिकांश सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अुनमान छ । नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
बुधबार (असार ३२) झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा, इलाम, दोलखा, सिन्धुपाल्चोक, सोलुखुम्बु, संखुवासभा, सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर तनहुँ, कास्की, स्याङ्जा, बागलुङ, म्याग्दी, पर्वत, अर्घाखाँची, पाल्पा, सल्यान, अछाम, कैलाली र कञ्चनपुरमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको सम्भावना ‘मध्यम’ रहने औँल्याइएको छ ।
यी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।
प्रकाशित मिति: बुधबार, असार ३२, २०८२ ०९:०३
प्रतिक्रिया दिनुहोस्