काठमाडौं । सातदोबाटो युथ क्लबले एन्फा यू–१६ युथ लिगमा लगातार पाँचौँ हार व्यहोरेको छ । बुधबार (असार ३२) सातदोबाटो चर्च ब्वाइज युनाइटेडसँग ९–२ ले पराजित भएको हो ।
टोली यसअघि प्लानिङ ब्वाइज युनाइटेडसँग ४–०, मनाङ–मर्स्याङ्दी क्लबसित ६–० ले हारेको थियो । सातदोबाटोले श्री भगवती क्लबसँग ६–० र मच्छिन्द्रसित १२–१ को पराजय व्यहोरेको थियो ।
सातदोबाटोस्थित एन्फा मुख्यालयमा डिफेन्डिङ च्याम्पियन चर्च ब्वाइजलाई जित दिलाउन स्वप्निल दर्नाल र सुशन थापामगरले ह्याट्रिक प्रहार गरे । सजन तामाङले दुई गोल र पारस ऐडीले एक गोल गरे । सातदोबाटोका विमलेन्द्रकुमार कुशवाह र युवराज भट्टराईले समान एक गोल फर्काए ।
खेलको आठौँ मिनेटमा स्वप्निलको गोलमा चर्च ब्वाइजले अग्रता लियो । १६आँै मिनेटमा सुशनले अग्रता दोब्बर बनाए । १९औँ मिनेटमा स्वप्निलले गोल गर्दै अग्रता ३–० को अवस्थामा पुर्याए ।
२४औँ मिनेटमा सातदोबाटोका विमलेन्द्रकुमारले गोल गरे । त्यसको पाँच मिनेटपछि चर्च ब्वाइजका सजनले गोल गर्दा टोलीले ४–१ को अग्रता बनायो । ५४औँ मिनेमा सातदोबाटोका युवराजले टोलीका निम्ति एक गोल फर्काउँदा चर्च ब्वाइज ४–२ ले अगाडि थियो ।
७२औँ मिनेटमा सुशनले पुनः गोल गर्दै टोलीको अग्रता ६–२ मा पुर्याए । ७७औँ मिनेटमा पारसले गोल थप्दा टोलीको अग्रता ७–२ थियो । ८४औँ मिनेटमा सुशनले ह्याट्रिक गरे । इन्ज्युरी समयमा स्वप्निलले ह्याट्रिक पूरा गरेपछि चर्च ब्वाइज ९–२ ले विजयी भयो ।
जितसँगै चर्च ब्वाइजले लिगमा ६ अंक जोडेको छ । सातदोबाटो अंकविहीन छ ।