खेल
काठमाडौं । मधेस युनाइटेडले चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । मधेस युनाइटेडले बिहीबार आगामी एभरेष्ट महिला भलिबल लिग (इडब्लूभीएल)का लागि शाहलाई ब्रान्ड एम्बासडर नियुक्त गरेको जनाएको हो ।
नीति मिस नेपाल इन्टरनेसनल २०१७ की विजेता हुन् । उनले चलचित्र ‘ज्वाइँ साहेब’मार्फत अभिनयको यात्रा सुरु गरेकी थिइन् ।
मधेस युनाइटेडको ब्रान्ड एम्बासडर नियुक्त भएपछि नीतिले आफू अत्यन्त खुसी र गर्व महसुस भएको बताएकी छन् ।
मधेस युनाइटेड इन्फिनिटी ड्रिम्सको आयोजनामा हुन लागेको दोस्रो एभरेष्ट वुमन्स भलिबल लिगको एक प्रतियोगी क्लब हो । प्रतियोगिता आगामी भदौ २० देखि २८ गतेसम्म हुने तालिका छ ।
प्रकाशित मिति: बिहीबार, साउन १, २०८२ २२:२६
प्रतिक्रिया दिनुहोस्