site stats
बाह्रखरी :: Baahrakhari
देश
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं । बैंकिङ कसुर मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–४, सुकेधारामा बस्दै आएकी इलामको सन्दकपुर गाउँपालिका–२, माईमाजुवाकी ५० वर्षीया तेजुमाया गुरुङलाई प्रहरीले पक्राउ गरेको हो । 

०७९ साउन १७ गते उच्च अदालत पाटनको फैसलाबाट उक्त मुद्दामा तीन लाख ५० हजार रुपैयाँ जरिवाना, तीन दिन कैद र क्षतिपूर्तिबापत १६ हजार पीडित राहत कोषमा बुझाउनुपर्ने सजाय ठहर भएपछि गुरुङ फरार रहेकी थिइन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सुकेधाराबाट शुक्रबार (साउन २) पक्राउ गरेको हो । रासस

प्रकाशित मिति: शनिबार, साउन ३, २०८२  १७:५६
प्रतिक्रिया दिनुहोस्