देश
काठमाडौं । सुनसरीमा बुढीखोलामा आइतबार (साउन ४) बिहान बाढी आएको छ । दुहाबी जलमापन केन्द्रमा बुढीखोलाको सतह खतरा तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन विभागले आग्रह गरेको छ । “साउन ०४ गते, बिहान १ः२० बजे । सुनसरी जिल्लास्थित बुढीखोला, दुहाबी जलमापन केन्द्रमा जलसतहले खतरा तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्रमा रहनुहुनेहरूले उच्च सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: आइतबार, साउन ४, २०८२ ०५:४०
प्रतिक्रिया दिनुहोस्