काठमाडौं । देशमा हाल मनसुन सक्रिय अवस्थामा छ । मनसुन सक्रिय हुँदा शनिबार (साउन ३) रातियता कतिपय स्थानमा ‘भारी’ वर्षा भएको छ ।
यति बेला (आइतबार बिहान ९ः५० बजे) केही स्थानमा ‘हल्का’देखि ‘मध्यम’ पानी परिरहेको छ । मनसुन सोमबार (साउन ५) दिउँसोसम्म सक्रिय हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
“भोलि (सोमबार) दिउँसोसम्म मनसुन सक्रिय हुने देखिन्छ,” महाशाखाले भनेको छ ।
महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरले तत्काललाई सोमबार दिउँसोदेखि यसको प्रभाव घट्ने जानकारी दिइन् ।
मनसुन सक्रिय रहेकाले केही स्थानमा ‘धेरै भारी’ वर्षा पनि हुन सक्ने महाशाखाले जनाएको छ ।
- देशभर बदली, यी भूभागमा ‘धेरै भारी’ वर्षाको सम्भावना
- काठमाडौंसहित यी भूभागमा आइतबार ‘धेरै भारी’ वर्षाको सम्भावना
- मौसमी प्रणाली दक्षिण–पश्चिम दिशामा फैलँदै, यी भूभागमा भइरहेको छ वर्षा
कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।
कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे हल्का वर्षा भनिने महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमानबारे तलको तस्बिर हेर्नोस्–
