site stats
बाह्रखरी :: Baahrakhari
देश
टेको हटाउने क्रममा गाडी ‘ब्याक’ हुँदा...
प्रतीकात्मक तस्बिर ।

दाङ । दाङको देउखुरीमा गाडीले किचेर एकजनाको मृत्यु भएको छ । आइतबार (साउन ४) बिहान लमही नगरपालिका–५, सुनखोलीका २१ वर्षीय राजेशकुमार बानियाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डीएसपी चक्रबहादुर शाहले जानकारी दिए ।

उनको घरअगाडि रोकिएको लु३च ४८१४ नम्बरको पिकअप बोलेरोको टायरमा राखिएको टेको हटाउने क्रममा गाडी ‘ब्याक’ हुँदै आफैँ गुड्न थालेको थियो । सोही क्रममा उक्त गाडीले किच्दा बानियाँ गम्भीर घाइते भएका थिए । 

उनलाई तत्काल लमही अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  ११:१४
प्रतिक्रिया दिनुहोस्