site stats
बाह्रखरी :: Baahrakhari
खेल
एउटै समूहमा परे नेपाल र बंगलादेश

काठमाडौं । श्रीलंकामा हुने साफ यू–१७ च्याम्पियनसिपमा नेपाल समूह ‘ए’मा परेको छ । आइतबार दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले सार्वजनिक गरेको समूह तालिकामा नेपालसँगै समूह ‘ए’मा श्रीलंका र बंगलादेश छन् । 

समूह ‘बी’मा भुटान, भारत, माल्दिभ्स र पाकिस्तान छन् ।

दक्षिण एसियाका सात राष्ट्र समिलित प्रतियोगिता आगामी भदौ ३० देखि असोज ११ गते (सेप्टेम्बर १५ देखि २७) सम्म श्रीलंकामा हुने तय भएको छ । सबै खेल श्रीलंकाको कोलम्बस शहरमा हुने तालिका छ ।

प्रतियोगितामा नेपालसँगै बंगलादेश, भुटान, भारत, माल्दिभ्स, श्रीलंका र पाकिस्तान छन् ।

प्रतियोगिता लिग कम नकआउट प्रणलीमा सञ्चालन हुनेछ । प्रतियोगितामा १२ खेल हुनेछन् ।

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  १४:११
प्रतिक्रिया दिनुहोस्