site stats
बाह्रखरी :: Baahrakhari
देश
सुनसरीमा खोलामा डुबेर दुई बालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

इटहरी (सुनसरी) । इटहरीको ट्याङ्ग्रा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–३ स्थित खोलामा साथीसँग पौडी खेल्ने क्रममा आइतबार दिउँसो दुईजनाको मृत्यु भएको हो । 

मृत्यु हुनेमा इटहरी–३, कल्याण चोकका आठ वर्षीय दीपसन चौधरी र संखुवासभा चौनपुर घर भई हाल इटहरी–२ आफन्तकामा बस्ने ११ वर्षीय क्रिवास लिम्बू रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख, प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार, खोलामा डुबेका दुवैजनालाई तत्काल उद्धार गरेर उपचारका लागि मोरङको बूढीगंगास्थित विराट शिक्षण अस्पताल पुर्‍याइएको थियो ।

अस्पताल पुर्‍याएको केहीबेरमै चिकित्सकले दुवैलाई मृत घोषणा गरेका भण्डारीले जानकारी दिए । रासस 

प्रकाशित मिति: आइतबार, साउन ४, २०८२  २१:२९
प्रतिक्रिया दिनुहोस्