site stats
बाह्रखरी :: Baahrakhari
देश
दुई किलो सुन र २४ लाख नगदसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । ठमेलबाट दुई किलो सुन र २४ लाख रुपैयाँ नगदसहित दुईजना चिनियाँ नागरिक पक्राउ परेका छन् ।

ठमेलको ज्याठास्थित एक होटेलबाट उनीहरू पक्राउ परेका हुन् । विशेष सूचनाको आधारमा उनीहरू पक्राउ परेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी रमेश बस्नेतले जानकारी दिए ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेहरूमा चुनलिङ र समेचुङ छन् । उनीहरू एकजना पुरुष र एक महिला हुन् ।
 

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १४:०१
प्रतिक्रिया दिनुहोस्