site stats
बाह्रखरी :: Baahrakhari
खेल
नेपाल फर्कियो यू–२० महिला टिम

काठमाडौं । बंगलादेशमा भएको साफ यू–२० महिला च्याम्पियनसिपमा सहभागी भएर नेपाली युवा महिला टिम स्वदेश फर्किएको छ । नेपाली महिला टिमलाई मंगबार त्रिभुवन विमानस्थलमा एन्फाका केन्द्रीय सदस्य तथा महिला कमिटी संयोजक सरिला श्रेष्ठ र प्रवक्ता सुरेश शाहले स्वागत गरे । 

चार टोली सम्मिलित प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो । प्रतियोगितामा नेपालले अन्तिम खेलमा बंगलादेशसँग ४–० को हार बेहोरेपछि उपविजेतामा चित्त बुझाएको हो ।

'डबल राउन्ड रोबिन' पद्धतिमा सञ्चालित प्रतियोगितामा नेपालले ६ मध्ये दुईमा हार र चार जितसहित १२ अंक बनायो । अपराजित रहँदै च्याम्पियन बनेको बंगलादेशले ६ खेलबाट १८ अंक जोड्यो ।

नेपालले पहिलो खेलमा भुटानविरुद्ध ६–१ को जित निकालेको थियो । नेपाल दोस्रो खेलमा बंगलादेशसँग ३–२ ले पराजित भयो । नेपालले तेस्रो खेलमा श्रीलंकाविरुद्ध ७–० को जित निकाल्यो । नेपालले चौथो खेलमा पुनः श्रीलंकालाई ७–० ले हरायो । नेपालले पाँचौँ खेलमा भुटानमाथि ८–० को जित हासिल गरेको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन ६, २०८२  १८:१३
प्रतिक्रिया दिनुहोस्