देश
काठमाडौं । काठमाडौं उपत्यकासहित वाग्मती र गण्डकी प्रदेशका विभिन्न ठाउँमा बुधबार दिउँसो पानी परेको छ । कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई ठाउँमा पनि हल्का पानी परिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
बितेको एक घण्टामा सबैभन्दा बढी पानी मकवानपुरगढीमा परेको छ । त्यहाँ २९.२ मिलिमिटर पानी परेको महाशाखाले जनाएको छ ।
“७ साउन २०८२ दिउँसो ३:५० । गएको एक घण्टामा सबैभन्दा बढी पानी मकवानपुरगढीमा २९.२ मिलिमिटर परेको छ,” महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ ।
प्रकाशित मिति: बुधबार, साउन ७, २०८२ १६:०६
प्रतिक्रिया दिनुहोस्