site stats
बाह्रखरी :: Baahrakhari
देश
यी जिल्लामा आज बाढीको जोखिम
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । देशका केही सानाठूला नदीमा आज (साउन ८) पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । उक्त नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस दिन ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप र सिन्धुपाल्चोकमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको उच्च सम्भावना रहने औँल्याइएको छ । यी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको अनुमान छ ।

इलाम, झापा, मोरङ, पाँचथर, धनकुटा, भोजपुर, खोटाङ, ओखलढुंगा, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की र रुकुम पूर्व भई बहने साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको ‘मध्यम’ सम्भावना रहने महाशाखाको पूर्वानुमान छ ।

बिहीबार बिहानको मापनमा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको जलसतह सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ८, २०८२  ०९:११
प्रतिक्रिया दिनुहोस्