काठमाडौं । त्रिभुवन आर्मी क्लबले एन्फा यू–१६ युथ लिगमा सातदोबाटो युथ क्लबविरुद्ध सहज जित निकालेको छ । शुक्रबार आर्मीले सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न पहिलो खेलमा ३–१ को सहज जित निकालेको हो ।
आर्मीको जितमा टोलीका नीरज अधिकारी, युगल भण्डारी र सोहित वाइबाले समान एक गोल गरे । सातदोबाटोका मुस्कोन राईले एक गोल गरे पनि टोलीको हार टार्न सकेनन् ।
खेलको नवौँ मिनेटमा मुस्कोनको गोलमा सातदोबाटोले अग्रता लियो । तर, टोलीले मुस्कोनले दिलाएको अग्रता पहिलो हाफमा नै गुमायो ।
२३औँ मिनेटमा आर्मीका नीरजले टोलीको निम्ति बराबरी गोल फर्काए । ३८औँ मिनेटमा आर्मीका युगालले गोल गर्दै टोलीलाई २–१ को अग्रतामा राखे । ५२औँ मिनेटमा आर्मीका सोहितले अग्रतामा एक गोल थपे ।
जितसँगै आर्मीले लिगमा ६ अंक बनाएको छ । आर्मीले आठ खेल खेल्दा दुई जित र ६ हारबाट ६ अंक बनाएको हो । उसले अब नवौँ खेलमा मछिन्द्र क्लबको सामना गर्नेछ । खेल आउँदो सोमबार (साउन १२ गते) बिहान १० बजे हुनेछ ।
पराजित सातदोबाटोले नवौँ खेलमा पहिलो जितको निम्ति हिमालयन शेर्पा क्लबको सामना गर्नेछ । खेल आउँदो सोमबार (साउन १२ गते) दिउँसो ४ बजे हुनेछ ।