site stats
बाह्रखरी :: Baahrakhari
देश
यस्तो हुनेछ आगामी २४ घण्टाको मौसम
फाइल तस्बिर ।

काठमाडौं । देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । कोसी, मधेस र लुम्बिनी प्रदेशमा हावाहुरी चल्ने सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशका पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

देशका पहाडी भूभागका केही स्थानमा तथा तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । कोसी प्रदेशको तराई र मधेस प्रदेशमा हावाहुरी चल्ने सम्भावना छ ।

विभागका अनुसार राति कोसी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

कोसी प्रदेशको पहाड र तराई भूभागलगायत वाग्मती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा तथा बाँकी प्रदेशको पहाड र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ । 

मधेस र लुम्बिनी प्रदेशका तराई भूभागमा हावाहुरी चल्ने सम्भावना छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास अवस्थित छ ।

प्रकाशित मिति: शनिबार, साउन १०, २०८२  ०६:१८
प्रतिक्रिया दिनुहोस्