site stats
बाह्रखरी :: Baahrakhari
देश
मुस्ताङमा बेनी–जोमसोम सडक पूर्ण रूपमा अवरुद्ध

काठमाडौं । मुस्ताङमा मुख्य सडक अवरुद्ध भएको छ । थासाङ गाउँपालिका–४, घोप्टेभीरमा बेनी–जोमसोम सडकखण्ड अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

उक्त स्थानस्थित सडकमा आइतबार (साउन ११) बिहान करिब ६ः५० बजे सुक्खा पहिरो (ढुंगा) खसेको थियो । पहिरोका कारण बाटो पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

म्याग्दीको अन्नपूर्ण र मुस्ताङको थासाङ गाउँपालिकाको सिमानास्थित घोप्टेभीरमा खसेको सुक्खा पहिरोका कारण आइतबार बिहानदेखि आवतजावत अवरुद्ध भएको राससले जनाएको छ ।

सडक अवरुद्ध हुँदा मुस्ताङको सिधा यातायात सम्पर्क टुटेको छ । प्रतिकूल मौसमका कारण पोखरा–जोमसोम हवाई सेवा बन्द छ । स्थानीयवासीका साथै मुस्ताङ घुम्न जाने र फर्कने पर्यटक प्रभावित भएका राससले उल्लेख गरेको छ ।

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  १०:००
प्रतिक्रिया दिनुहोस्