site stats
बाह्रखरी :: Baahrakhari
खेल
भारतमा हुने प्रतियोगितामा सहभागी हुनुअघि अनुमति लिन पाकिस्तान खेलकुद बोर्डको निर्देशन

काठमाडौं । पाकिस्तान स्पोर्ट्स बोर्ड (पीएसबी)ले खेल संघहरूलाई भारतमा हुने प्रतियोगितामा सहभागी हुनुअघि बोर्डसँग परामर्श वा अनुमति लिन निर्देशन दिएको छ । 

पाकिस्तानले शनिबार सुरक्षा चुनौती देखाउँदै संघहरूलाई भारतमा हुने प्रतियोगितामा सहभागी हुनअघि परामर्श तथा अनुमति लिनुपर्ने निर्देशन जारी गरेको हो । 

“हालको सुरक्षा परिस्थतिलाई मध्यनजर गर्दै, पीएसबीको अनुमतिबिना भारतमा हुने खेलकुद प्रतियोगिताहरूमा कुनै पनि राष्ट्रिय खेल संघले सहभागिता जनाउन पाउने छैनन्,” पीएसबीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । पीएसबीको गत बुधबार बसेको ३४औँ बोर्ड बैठकपश्चात यो निर्देशन जारी भएको हो ।

गत अप्रिल २२ मा भारतको कस्मीरमा भएको आतंकवादी हमलाबाट २६ पर्यटकको मृत्यु भएको थियो । भारतले यो हमलाको दोष पाकिस्तानमाथि लगाउँदै आएको छ । यही हमलापछि दुई राष्ट्रबीच बढेको राजनीतिक द्वन्द्वका कारण उनीहरूले एक–अर्काको घरेलु मैदानमा खेलेका छैनन् । यसको स्थानमा उनीहरूले तटस्थ मैदानमा प्रतिस्पर्धा गर्दै आएका छन् ।  

प्रकाशित मिति: आइतबार, साउन ११, २०८२  १६:५२
प्रतिक्रिया दिनुहोस्