site stats
बाह्रखरी :: Baahrakhari
देश
यी जिल्लामा आज आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको उच्च सम्भावना
बबई नदीको दृश्य । फाइल तस्बिर : रासस ।

काठमाडौं । देशका केही सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने अनुमान छ । ठूला नदी – भेरी, पश्चिम सेती र बबईमा मंगलबार (साउन १३) र बुधबार (साउन १४)का निम्ति बाढीको सूचना जानकारी गरिएको छ । ती नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

मंगलबार सोलुखुम्बु, रामेछाप, ओखलढुंगा, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, धादिङ, नुवाकोट, डोल्पा, जाजरकोट, रुकुम पश्चिम, बझाङ र डोटीमा आकस्मिक बाढीको ‘मध्यम’ जोखिमको उच्च सम्भावना रहने औँल्याइएको छ । यी जिल्ला भई बहने साना नदीमा बहाव उल्लेख्य बढ्ने महाशाखाको पूर्वानुमान छ ।

इलाम, झापा, खोटाङ, भोजपुर, काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, चितवन, सिन्धुली, उदयपुर, गोरखा, लमजुङ, तनहुँ, कास्की, स्याङ्जा, बागलुङ, पर्वत, नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), रुकुम पूर्व, सल्यान, सुर्खेत, दैलेख, अछाम र कैलाली भई बहने साना नदीमा पनि बहाव उल्लेख्य बढ्ने सम्भावना छ । यी जिल्लामा आकस्मिक बाढीको मध्यम जोखिमको ‘मध्यम’ सम्भावना रहने महाशाखाको पूर्वानुमान छ ।

यस दिन बिहानको मापनमा कोसी, नारायणी, कर्णाली, महाकाली, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरूको जलसतह सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ ।

qwefamsdg-1753761961.jpg
 

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  ०९:५१
प्रतिक्रिया दिनुहोस्