site stats
बाह्रखरी :: Baahrakhari
खेल
गौतम गम्भीरको स्पष्टीकरण– बुमराहलाई हटाइएको छैन

काठमाडौं । भारतीय राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक गौतम गम्भीरले इंग्ल्यान्डसँगको अन्तिम टेस्ट खेलका निम्ति जसप्रीत बुमराहलाई टोलीबाट नहटाइएको बताएका छन् । मंगलबार प्रशिक्षक गम्भीरले अन्तिम टेस्ट खेलका निम्ति बुमराहलाई टोलीबाट नहटाइएको बताएका हुन् । 

“हामीबीच अन्तिम  टेस्ट खेलका निम्ति केही पनि कुरा भएको छैन । जसप्रीतलाई खेलाउने/नखेलाउने भनेर कुनै पनि निर्णय भएको छैन । जो खेले पनि मिहिनेतका साथ राष्ट्रका लागि खेल्नेछ,” प्रशिक्षक गम्भीरले भने । 

इंग्ल्यान्डमा घरेलु टोलीसँग जारी टेस्ट शृंखलामा बुमराहले तीन खेल खेलिसकेका छन् । यसअघि, बुमराह ढाडको शल्यक्रियाका कारण तीन महिना मैदानबाहिर थिए  ।

शृंखलामा इंग्ल्यान्डले २–१ को अग्रता कायम गरेको छ ।  गत आइबार (साउन ११ गते) सम्पन्न चौथो खेलमा भारतले बराबरी गरेको थियो ।

यी दुई टिमबीचको अन्तिम टेस्ट जुलाई ३१ देखि सुरु हुँदै छ ।

प्रकाशित मिति: मंगलबार, साउन १३, २०८२  १२:४३
प्रतिक्रिया दिनुहोस्