काठमाडौं । गृह मन्त्रालयले सरुवा तथा पदस्थापना भई सम्बन्धित कार्यालयमा हाजिर हुन नगएका कर्मचारीलाई २४ घण्टाभित्र खटाइएको स्थानमा हाजिर हुन जान निर्देशन दिएको छ ।
गृहले शुक्रबार एक सूचना जारी गर्दै सरुवा/पदस्थापना भएका ठाउँमा नजाने २३ जना कर्मचारीलाई २४ घण्टाभित्र खटाइएको स्थानमा हाजिर हुन जान निर्देशन दिएको हो ।
गृहको विभिन्न मितिको निर्णयअनुसार सरुवा/पदस्थापना भई सम्बन्धित कार्यालयमा हाजिर हुन नजानेमा १८ जना शाखा अधिकृत र ५ जना नायबसुब्बा छन् ।
०८२ असार १६ गतेदेखि साउन ७ गतेसम्मको अवधिमा उनीहरूलाई विभिन्न स्थानमा सरुवा गरिएको थियो । उनीहरू सरुवा गरेको ठाउँमा जान अटेरी गरेपछि गृहले २४ घण्टाभित्र खटाइएको स्थानमा हाजिर हुन जान निर्देशन दिएको हो ।
हेर्नुहोस् सूची
