site stats
बाह्रखरी :: Baahrakhari
देश
बैतडीमा करेन्ट लागेर बालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।

बैतडी । बैतडीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । डिलाशैनी गाउँपालिका–३, गिरीबगर निवासी केशव कोलीका १३ वर्षीय छोरा किरणको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शनिबार (साउन १७) दिउँसो स्थानीय डिन्नीगाड खोलामा बालुवा संकलन गर्न गएका किरणले नजिकैको विद्युत् पोलमा छुन पुगेपछि करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए ।

उनलाई उपचारका निम्ति गोकुलेश्वर अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए । रासस

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  १७:४५
प्रतिक्रिया दिनुहोस्