देश
काठमाडौं । कञ्चनपुरमा तास खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–१५ का ४४ वर्षीय धीरेन्द्रसिंह कठायत क्षेत्रीसहितका व्यक्तिहरू छन् ।
भीमदत्त–१८ स्थित एउटा टहरामा जुवातास खेलिरहेको अवस्थामा शुक्रबार (साउन १६) साँझ उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
नगद २० हजार ९३५ रुपैयाँ र दुई गड्डी ताससहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, साउन १७, २०८२ १८:५६
प्रतिक्रिया दिनुहोस्