काठमाडौं । सिन्धुपाल्चोकमा शनिबार (साउन १७) बेलुका ‘मध्यम’ वर्षा भएको छ । गोब्रे, ढुंगे, नुर्पुगाउमा मध्यम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
उक्त क्षेत्रमा थप वर्षाको सम्भावना छ । सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
“साउन १७ गते, साँझ ६ः५० बजे । पछिल्लो एक घण्टामा सिन्धुपाल्चोक जिल्लास्थित गोब्रे, ढुंगे, नुर्पुगाउ वर्षामापन केन्द्रहरूमा मध्यम वर्षा मापन भएको र थप वर्षा हुन सक्ने सम्भावना रहेको छ । सो क्षेत्र भई बहने स–साना खोलाहरूमा बहाव केही बढ्न सक्ने सम्भावना भएकाले सतर्कता अपनाइराखौँ,” विभागको सूचनामा उल्लेख छ ।
कुनै स्थानमा २४ घण्टामा ५० देखि १०० मिलिमिटरसम्म पानी पर्नुलाई ‘भारी’ वर्षा भनिन्छ । १० देखि ५० मिलिमिटरसम्म पानी परे ‘मध्यम’ वर्षा भनिन्छ । १० मिलिमिटरसम्म पानी परे ‘हल्का’ वर्षा भनिने विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कुनै स्थानमा २४ घण्टामा १०० देखि २०० मिलिमिटर पानी पर्नुलाई ‘धेरै भारी’ वर्षा भनिन्छ । २४ घण्टामा २०० मिलिमिटरभन्दा धेरै पानी परे ‘अति भारी’ वर्षा भनिने महाशाखाले जनाएको छ ।
यस्तै, ‘केही’ स्थान भन्नाले ३० देखि ५० प्रतिशत क्षेत्रफल हुने महाशाखाले जनाएको छ । महाशाखाले १० प्रतिशतभन्दा कम क्षेत्रफलाई ‘एक–दुई’ स्थान भन्छ । ‘थोरै’ स्थान भन्नाले १० देखि ३० प्रतिशत क्षेत्रफल हो । ५० देखि ८० प्रतिशत क्षेत्रफलाई ‘धेरै’ स्थान भनिन्छ । ८० प्रतिशतभन्दा बढी क्षेत्रफलाई ‘अधिकांश’ स्थान भनिने महाशाखाले जनाएको छ ।
