site stats
बाह्रखरी :: Baahrakhari
देश
बौलीगाडमा बाढी, सतर्कता अपनाउन आग्रह
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । बझाङमा बौलीगाड खोलामा शनिबार (साउन १७) राति बाढी आएको छ । बौलीगाडको जलसतह सतर्कता तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

खोलामा पानीको बहाव बढ्दो क्रममा छ । तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“साउन १७ गते, राति ०९ः१३ बजे । बझाङ जिल्लास्थित बौलीगाड जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेकोले नदीतटीय क्षेत्रको आसपासामा रहनुहुनेहरूले आवश्यक सतर्कता अपनाइराखौँ,” विभागको सूचनामा उल्लेख छ ।

fmdg-1754149244.jpg
 

प्रकाशित मिति: शनिबार, साउन १७, २०८२  २१:२६
प्रतिक्रिया दिनुहोस्