देश
काठमाडौं । वर्षासँगै शनिबार (साउन १७) राति सोलुखुम्बुको सोलुखोलामा बाढी आएको छ । साल्मेमा सोलुखोलाको जलसतह सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
खोलामा पानीको बहाव बढ्दो क्रममा छ । तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
“साउन १७ गते, राति १०ः३७ बजे । सोलुखुम्बु जिल्लास्थित सोलुखोला, साल्मे जलमापन केन्द्रको जलसतह सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले नदीको तटीय क्षेत्र र डुबान भइरहने होचा भू–भागहरूमा रहनुहुनेहरूले सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।


प्रकाशित मिति: शनिबार, साउन १७, २०८२ २३:०८
प्रतिक्रिया दिनुहोस्