site stats
बाह्रखरी :: Baahrakhari
देश
हनुमन्ते खोलामा बाढी, सतर्कता अपनाउन आग्रह
हनुमन्ते खोलामा बाढीको दृश्य । फाइल तस्बिर ।

काठमाडौं । वर्षासँगै भक्तपुरस्थित हनुमन्ते खोलामा आइतबार (साउन १८) बिहान बाढी आएको छ । कौशलटारमा हनुमन्तेको जलसतह सतर्कता तह आसपास रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

खोलामा पानीको बहाव बढ्दो क्रममा छ । तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“साउन १८ बिहान १२ः२५ बजे । भक्तपुर जिल्लास्थित हनुमन्ते खोला कौशलटार जलमापन केन्द्रको जलसतह सतर्कता तह आसपास रहेको र बढ्दो क्रममा रहेको हुँदा नदीतटीय क्षेत्रमा रहनुहुने र नदी किनार भई यात्रा गर्नेहरूले बिहानसम्म सतर्कता अपनाउनुहुन अनुरोध छ,” विभागको सूचनामा उल्लेख छ ।
 

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  ०५:३०
प्रतिक्रिया दिनुहोस्