site stats
बाह्रखरी :: Baahrakhari
देश
कालीगण्डकीमा बाढी, म्याग्दी खोला सतर्कता तह पार
फाइल तस्बिर ।

काठमाडौं । वर्षासँगै पर्वतस्थित कालीगण्डकी नदीमा आइतबार (साउन १८) बिहान बाढी आएको छ । मोदीबेनीमा कालीगण्डकीको जलसतह सतर्कता तह आसपास पुगेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

नदीमा पानीको बहाव बढ्दो क्रममा रहेको भन्दै विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।

“साउन १८ बिहान १२ः४० बजे । पर्वत जिल्लास्थित कालीगण्डकी नदी, मोदीबेनी जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास रहेको तथा बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले बिहानसम्मै सतर्कता अपनाइराखौँ,” विभागको सूचनामा उल्लेख छ ।

qfdmg-1754184313.jpg
म्याग्दी खोला सतर्कता तह पार
म्याग्दीस्थित म्याग्दी खोला शनिबार (साउन १७) राति सतर्कता तह पार भएको छ । मंगलाघाटमा जलसतह सतर्कता तह पार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

खोलामा पानीको बहाव बढ्दो क्रममा छ । सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

“साउन १७ राति ११ः४० बजे । म्याग्दी जिल्लास्थित म्याग्दी खोला, मंगलाघाट जलमापन केन्द्रमा जलसतह सतर्कता पार गरेको तथा बढ्दो क्रममा रहेकाले नदीतटीय क्षेत्र र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले बिहानसम्मै सतर्कता अपनाइराखौँ,” विभागको सूचनामा उल्लेख छ ।

tydmg-1754184354.jpg
tydmg-1754184354.jpg
 

प्रकाशित मिति: आइतबार, साउन १८, २०८२  ०७:१२
प्रतिक्रिया दिनुहोस्