खेल
काठमाडौं । भारतमा भएको म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन)मा नेपाली एमएमए फाइटर रवीन्द्र ढाटले बेन्टामवेट च्याम्पियन बनेका छन् । भारतको नोएडामा शनिबार भएको फाइनलमा भारतका नम्बर वान चेग्रोन कोरेनलाई नकआउट गर्दै रवीन्द्र च्याम्पियन बनेका हुन् ।
उनले कोरेनलाई तेस्रो राउन्डमा नकआउट गरेका थिए ।
ढाटले ‘लक एन्ड रोल’ एमएमए नेपाल टिमबाट प्रतियोगितामा सहभागिता जनाएका थिए ।
रवीन्द्र एसिया प्रशान्त क्षेत्रमा २२८ स्थानमा रहेका एमएमए फाइटर हुन् । उनी एसिया दक्षिणपूर्वको एसिया प्रशान्त उप–क्षेत्रको पनि वरीयताभित्र समावेश छन् ।
प्रकाशित मिति: आइतबार, साउन १८, २०८२ १३:००
प्रतिक्रिया दिनुहोस्