site stats
बाह्रखरी :: Baahrakhari
देश
ट्रक बिग्रँदा दाउन्नेमा जाम, इन्जिनियर भन्छन्– साँझदेखि सहज हुन्छ

काठमाडौं । नारायणगढ– बुटवल सडकखण्डअन्तर्गत दाउन्नेमा सवारी जाम भएको छ ।

नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२, दाउन्नेस्थित विश्वकर्मा मन्दिरनजिकै बाटोमा मालवाहक सवारी बिग्रिएको नारायणगढ–बुटवल सडक योजना (पूर्वी खण्ड)का सूचना अधिकारी शिव खनालले जानकारी दिए ।

सवारी बिग्रिएको र वर्षासँगै हिलो हुँदा त्यहाँ आवागमनमा समस्या भएको उनले बताए । हाल (सोमबार अपराह्न करिब सवा ४ बजे) एकतर्फी सवारीसाधन सञ्चालन गरिएको उनले जानकारी दिए ।

“हिजोदेखि नै मालवाहक ट्रक बिग्रिएर बाटोमा रहेकाले एकतर्फी गाडी सञ्चालन गरिएको छ,” इन्जिनियर खनालले बाह्रखरीसित भने, “आज साँझदेखि समस्या समाधान हुन्छ ।” 

यति बेला अरू समस्या नरहेको उनले स्पष्ट पारे । सोमबारै दिउँसो सोही स्थानमा वर्षासँगै सडकमाथिबाट लेदो झरेको थियो । त्यो पन्छाइसकेको उनले बताए ।

प्रकाशित मिति: सोमबार, साउन १९, २०८२  १६:३८
प्रतिक्रिया दिनुहोस्