site stats
बाह्रखरी :: Baahrakhari
देश
वाग्मतीसहित यी प्रदेशमा छ आज धेरै भारी वर्षाको सम्भावना
फाइल तस्बिर ।

काठमाडौं । देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना रहेको छ । धेरै भारी वर्षाको पनि सम्भावना छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर अधिकांश बदली रहनेछ । 

कोसी र मधेस प्रदेशका केही स्थान साथै बाँकी प्रदेशका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको पनि सम्भावना छ ।

विभागले राति पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको बताएको छ ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जानकारी दिएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ नेपालको तराईमा अवस्थित छ । जसका कारण देशका धेरै स्थानमा वर्षा भइरहेको छ । 

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  ०६:२८
प्रतिक्रिया दिनुहोस्