site stats
बाह्रखरी :: Baahrakhari
देश
सिद्धबाबा क्षेत्रको पहिरो हटाइयो, बुटवल–पाल्पा सडकखण्ड सञ्चालन

बुटवल । अविरल वर्षाका कारण गएको पहिरो हटाइएपछि बुटवल–पाल्पा सडकखण्ड सञ्चालनमा आएको छ ।

सडकखन्डअन्तर्गत तिनाउ गाउँपालिका–३, सिद्धबाबा मन्दिरनजिकै पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो । सडक सवा ४ बजे खुलेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय लुम्बिनी बुटवलले जनाएको छ ।

प्रहरीका अनुसार, सिद्धबाबा मन्दिरनजिकै सडक माथिबाट ठूलो चट्टान र माटोसहितको पहिरो खसेपछि दुवैतर्फबाट अवरुद्ध भएको हो । सोही क्षेत्रमा सोमबार बिहान १० देखि दिउँसो ४ बजेसम्म पहिरोका कारणले सडक अवरुद्ध बनेको थियो । सोमबार बेलुकी ११ बजेदेखि पुनः अवरुद्ध बनेको थियो ।

यस क्षेत्रमा वर्षाको समयमा पहिरो जाने र दुर्घटना बढेपछि सरकारले सुरुङमार्ग निर्माण गरेको छ । सुरुङको ब्रेक थ्रु भइसकेको छ भने लाइनिङको कामहरू भइरहेको छ । 

 

प्रकाशित मिति: मंगलबार, साउन २०, २०८२  १६:५२
प्रतिक्रिया दिनुहोस्