site stats
बाह्रखरी :: Baahrakhari
देश
सिरहामा पेस्तोलसहित तीन भारतीय नागरिक पक्राउ
प्रतीकात्मक तस्बिर ।

सिरहा । सिरहाको नरहा गाउँपालिका–३ स्थित चोहर्वा–सिराहा सडकखण्डमा प्रहरीको नियमित जाँचका क्रममा नलकटुवा पेस्तोलसहित तीन भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतको विहार राज्य, मधुवनी जिल्लाको बेलही पञ्चायत–३ निवासी ओमशंकर यादव, ऋषिनाथ मण्डल र आकाशकुमार मण्डललाई मंगलबार (साउन २०) अपराह्न पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरू एकै मोटरसाइकलमा सवार थिए । शंका लागेर मोटरसाइकल रोकेर जाँच गर्दा लुकाइछिपाइ राखिएको नलकटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका तीनैजनालाई मिर्चैया प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान गरिरहेको सिरहा प्रहरीले जनाएको छ । रासस
 

प्रकाशित मिति: बुधबार, साउन २१, २०८२  १३:३०
प्रतिक्रिया दिनुहोस्